अमेरिकाको टेक्ससको राज्यको राज्य संसदले फेब्रुअरी १६ लाई नेपाल दिवस मनाउने घोषणा गरेको छ ।

नेपाल अमेरिका सम्बन्धको ७५ औ बार्षिकोत्सवको अवसरमा आज फेब्रुअरी १५ बुधबारका दिन नेपाली समाज टेक्सस(एनएसटी) ,ग्रेटर अस्टिन नेपाली सोसाइटी (जीएएनएस ),नेपालीज एसोसिएसन अफ ह्युसटन, लबक नेपाली समाजको सहभागितामा टेक्ससको राजधानी अस्टिनको स्टेट क्यपिटोल (संसद भवन )मा बिशेष कार्यक्रम भव्यताका साथ मनाईएको छ ।

उक्त बिधेयक जन प्रतिनिधि टेरी मेजा ,सलमान भूजानीको बिशेष पहलमा सम्पन्न भएको थियो । उक्त बिशेष समारोहमा नेपाली समाज टेक्सस(एनएसटी) का अध्यक्ष राजेन्द्र वाग्ले ,ग्रेटर अस्टिन नेपाली सोसाइटी (जीएएनएस )का अध्यक्ष भोजराज भट्ट ,नेपालीज एसोसिएसन अफ ह्युसटनका उपाध्यक्ष द्रोण गौतम तथा लबक नेपाली समाजका संस्थापक अध्यक्ष रेशम घर्तिले सम्बोधन गरेका थिए ।

त्यसै गरि अन्य बिशेष व्यक्तित्वहरुमा प्रा प्रभात दीक्षित ,हिमालयन डेमोक्रेटिक्को तर्फबाट बेद बस्नेत र दिनेश शर्माले सम्बोधन गरेका थिए । उक्त उत्सवमा सानो नेपाली समुदायको तर्फबाट परेड(जुलुस)को आयोजना समेत गरिएको थियो । साथै अन्य बिदेशी व्यक्तित्वहरुले पनि मन्तब्य राखेका थिए । सम्भवत अमेरिकामा नेपाली समुदायमा नेपाल डे(नेपाल दिवस) तथा नेपाल अमेरिका सम्बन्धको ७५ औ बार्षिकोत्सवमा राज्य स्तरबाट यसरी घोषणा गरिएको पहिलो हो ।

Source: enepalese.com