टेक्सासको युलेशमा आजदेखि साँस्कृतिक तथा अध्यात्मिक सम्बन्धि एक साता लामो गर्मी शिविर शुरु, नेपाली समुदायका दुईसय बढी बालबालिकाको सहभागिता

नवराज भट्ट
युलेश, टेक्सास
नेपाली समाज टेक्सास, नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र र ग्लोवल नेपाली स्कुलद्वारा आयोजना गरिएको साँस्कृतिक तथा अध्यात्मिक सम्बन्धि एक साता लामो गर्मी शिविर आजबाट शुरु भएको छ ।
टेक्सासको युलेश स्थित पशुपतिनाथ बुद्ध मन्दिरको सभाकक्षमा सन्चालन भईरहेको उक्त शिविरमा ड्यालस/फोर्टवर्थ क्षेत्रमा बसोवास गर्ने नेपाली समुदायका १ सय ७४ वालवालिका र ५४ जना वालवालिका स्वयँसेवकहरुको सहभागिता रहेको छ । उक्त शिबिर आगामी अगष्ट महिनाको ५ तारेख सम्म सन्चालन हुने छ ।
गर्मी मौसममा बिद्यालय बिदा हुने भएकाले बालबालिकाहरुलाई नेपाली भाषा, सँस्कृति, धार्मिक तथा अध्यात्मिक बिषयमा थप ज्ञान दिन गर्मी शिविर आयोजना गरिएको आयोजकहरुले बताएका छन ।
उक्त शिविरमा अन्तराष्ट्रिय आध्यात्मिक गुरु डाक्टर चिन्तामणीनाथ योगीद्वारा अध्यात्मिक जागरण सम्बन्धि प्रेरक कथाहरु, योगा तथा ध्यान लगायतका बिभिन्न नेपाल चिनाउने धार्मिक, साँस्कृतिक, आध्यात्मिक ज्ञान दिने कार्यक्रम रहेको छ भने अन्य स्वयँसेवकहरुले मनोरन्जन, आपतकालिन चिकित्सा जागरण, साथी बनाउने, आत्मबल बिकास, कलेजको लागि बचत सँकलन जस्ता बिषयमा जानकारी दिने कार्यक्रम रहेको नेपाली समाज टेक्सासद्वारा सन्चालित ग्लोबल नेपाली स्कुलका सँयोजक भोजबहादुर बलायरले जानकारी दिनु भयो ।

सँयोजक भोजबहादुर बलायरका अनुसार शिविरमा अमेरिकामा जन्मेका र हुर्केका बालबालिकाहरुलाई साँस्कृतिक तथा अध्यात्मिक बिषयमा ज्ञान दिईने भएकाले नेपाल प्रतिको निकटता बढ्नुका साथै नेपाली सँस्कृति तथा अध्यात्मिक ज्ञान पुस्तान्तरण गर्न सहयोग पुग्ने छ । साँस्कृतिक तथा अध्यात्मिक सम्बन्धि एक साता लामो गर्मी शिविरको शनिबार युलेश स्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा अन्तराष्ट्रिय आध्यात्मिक गुरु डाक्टर चिन्तामणीनाथ योगीले उद्घाटन गर्नु भएको थियो ।
नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेको अध्यक्षता तथा ग्लोबल नेपाली स्कुलका सँयोजक भोजबहादुर बलायरको सन्चालनमा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रका बोर्ड अफ ट्रस्टीका अध्यक्ष रमेश पोख्रेल, पूजा समितिका अध्यक्ष सुरेश पोख्रेल, उपाध्यक्ष छबि चापागाई, युलेश सिट काउन्सिलका सदस्य टीका पौडलले प्रवासमा साँस्कृतिक तथा अध्यात्मिक सम्बन्धि शिबिरको महत्वको वारेमा चर्चा गर्दै बिभिन्न समयमा आयोजना गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।
कार्यक्रममा नेपाली समाजका सदस्य बिजय भुषालले स्वागत गर्नु भएको थियो भने ग्लोबल नेपाली स्कुलका प्रिन्सिपल पशुपति तिम्सिनाले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै शिबिरमा पालना गर्नु पर्ने नियमको वारेमा जानकारी गराउनु भएको थियो ।

Source:

https://ghanteshwor.com/archives/4679?fbclid=IwAR2s0fodxAmaL7bgz39vYg1t29cvu_VqXss2VUn2yTSuPieDwoRZ9KIyQHk