नेपाली समाज टेक्ससले गरेको कार्यक्रममा झन्डै १३० जनाले गरे रक्तदान

टेक्सस-रक्तदान जीवनदान भन्ने उद्देश्य नेपाली समाज टेक्ससले शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा झन्डै १३० जनाले रक्तदान गरेका छन् ।
ब्लड डोनसै अफ अमेरिका तथा सिटी अफ युलेसको सहकार्यमा रक्तदान कार्यक्रम भएको थियो । नेपाली समाज टेक्ससले आफनो स्थापनाको २५ औ वर्ष स्थापनाको उपलक्ष्यमा रक्तदान कार्यक्रम गरेको हो ।
कर्यक्रममा रक्तदानका लागी टेक्सस वरपरबाट नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो । ११ औ पटक रक्तदानमा सहभागी भएको नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र बाग्लले रक्तदान कार्यक्रममा यसपटक नेपालीहरुको उत्साजनक सहभागिता पाइएको बताए ।
रगतदान गरेर अरुको जीवन बचाउन सकिन्छ भनेर मानवीय भावनाले प्रेरित भएर धेरै नेपालीहरु टाढा टाढाबाट आएर रक्तदान कार्यक्रममा सहभागी हुनु भयो, अध्यक्ष वाग्लले भने सबैको सहयोगले कार्यक्रम सफल भयो ।
टेक्ससको युलेस स्थित पब्लिक लाइब्रेरीमा गरिएको कार्यक्रममा कार्टर ब्लड सेन्टरले रक्तदानका लागी व्यवस्थापन गरिदिएको थियो ।

Source; US Nepal Post – https://www.usnepalpost.com/news/16622?fbclid=IwAR0brz57eiLMj6SNy0uwP4FzOIjQRGpUTE0IkC_EKNQhbMOa9aN5fKP5zvc